भैरहवामा हिन्दू राष्ट्र विषयक संगोष्ठी सम्पन्न

१ जेठ,रुपन्देही । लुम्बिनी प्रदेश अन्तर्गत भैरहवास्थित संस्कृत विद्याआश्रममा हिन्दू राष्ट्र विषयक संगोष्ठी सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न वक्ताहरूले नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
कार्यक्रममा जगन्नाथ धाम पुरी, उडिसाबाट आएका जगद्गुरु शंकराचार्य गोवर्धन पीठाधीश्वर निश्चलानन्द सरस्वती महाराजका कृपापात्र शिष्य ब्राह्मण भूषण अधिवक्ता प्रेमचन्द्र झाले सनातन धर्मका मानबिन्दुहरूको संरक्षणका लागि गोवर्धन पीठ पुरीबाट सञ्चालन भइरहेको अभियानबारे जानकारी गराउनुभयो। उहाँले समृद्ध र धार्मिक नेपालको पहिचान कायम राख्न नेपाललाई यथाशीघ्र हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने धारणा राख्नुभयो।
उहाँले पुरी शंकराचार्यज्यूको मार्गदर्शनमा नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा सहभागीहरूले पनि उक्त अभियानमा ऐक्यबद्धता जनाएका थिए।
नेपाल उद्योग व्यापार महासंघका उपाध्यक्ष तथा समाजसेवी कृष्ण प्रसाद शर्माले महाराजश्रीको नेपालमा पुनः आगमन आवश्यक रहेको उल्लेख गर्दै हिन्दू राष्ट्रको पक्षमा जनसम्पर्क अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो।
यसैगरी, संस्कृत विद्याआश्रमका प्राचार्य नारायण उपाध्यायले नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउन सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। विद्यालयका प्राध्यापकहरूले पनि हिन्दू राष्ट्रको पक्षमा कार्य गर्ने प्रतिबद्धता जनाएका थिए।
जयघोषका साथ कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more