भयानक सवारी दुर्घटना: भोक्राहामा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १७ घाइते

श्रावण २६, सुनसरी ।सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान करिब ८ बजे भएको भीषण सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

दुर्घटना यात्रुबहाक बस र विपरीत दिशाबाट आइरहेको विङ्गर (माइक्रो बस) एक–आपसमा ठोक्किँदा भएको हो। प्रत्यक्षदर्शीहरूका अनुसार तीव्र गतिका कारण सवारी साधन अनियन्त्रित भई ठोक्किएको हुनसक्ने अनुमान गरिएको छ।

दुर्घटनापछि घाइतेहरूलाई स्थानीय बासिन्दा, प्रहरी र उद्धार टोलीको सहयोगमा तत्काल नजिकका स्वास्थ्य संस्थाहरूमा उपचारका लागि पठाइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।प्रहरीले घटनास्थलमा पुगेर दुर्घटनाको विस्तृत अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा संलग्न दुवै सवारीसाधनको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

 

 

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा ओलीको सरकारलाई चेतावनी : ‘हिंसात्मक कदम रोक्नुस्, संवादबाट समाधान खोज्नुस्’

    Read more

    सुनसरी घटनाले पूर्वराजा ज्ञानेन्द्र चिन्तित, सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि गरे अपिल

    Read more

    Leave a Reply