भद्रपुर विमानस्थलको रनवेबाट बुद्ध एयरको जहाज चिप्लियो

पुस १८, भद्रपुर। बुद्ध एयरको एक जहाज झापाको भद्रपुर विमानस्थलको रनवेबाट चिप्लिएको छ। जहाज रनवेबाट चिप्लिए पनि आगलागी भने नभएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनापछि तत्काल एम्बुलेन्स घटनास्थलतर्फ पठाइएको छ। प्रारम्भिक जानकारीअनुसार जहाजमा सवार केही व्यक्ति घाइते भएको आशंका गरिएको भए पनि विस्तृत विवरण आउन बाँकी रहेको छ।

घटनापछि विमानस्थल परिसरमा सुरक्षाकर्मी र उद्धार टोली परिचालन गरिएको छ। यात्रु तथा चालक दलको अवस्था, घाइतेको संख्या र दुर्घटनाको कारणबारे थप जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ।

बुद्ध एयर तथा सम्बन्धित निकायबाट औपचारिक विवरण आउन बाँकी रहेको छ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more