बंगलादेशमा हिन्दू अल्पसंख्यकमाथि हिंसा जारी, झेनैदाहमा विधवामाथि सामूहिक बलात्कारको आरोप

पुस २२,  ढाका । बंगलादेशमा हिन्दू अल्पसंख्यक समुदायविरुद्धको हिंसा थामिने संकेत देखिएको छैन। पछिल्ला १५ दिनमा चार जना हिन्दूको हत्या भइसकेको अवस्थामा अब झेनैदाह जिल्लाको कलिगञ्ज उपजिलामा एक हिन्दू विधवामाथि सामूहिक बलात्कार भएको गम्भीर घटना सार्वजनिक भएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार ४० वर्षीया हिन्दू विधवामाथि दुई पुरुषले सामूहिक बलात्कार गरेका हुन्। बलात्कारपछि पीडित महिलालाई रुखमा बाँधेर कपाल काटिएको र त्यसको भिडियो बनाइएको बताइएको छ। घटनाले देशभर अल्पसंख्यक समुदायको सुरक्षा अवस्थामाथि पुनः गम्भीर प्रश्न उठाएको छ।

पीडित महिलाले प्रहरीसमक्ष दिएको उजुरीमा झेनैदाह जिल्लाको कलिगञ्ज उपजिलामा आफू माथि दुई जनाले जबरजस्ती दुष्कर्म गरेको उल्लेख गरेकी छन्। उजुरी अनुसार उनले करिब साढे दुई वर्षअघि शाहीन र उसका दाजुभाइबाट एउटा घर तथा सानो जमिनको टुक्रा किनेकी थिइन्। महिलाको आरोप छ कि बिक्रीपछि नै शाहीनले अश्लील प्रस्ताव गर्दै निरन्तर हैरानी दिँदै आएको थियो।

घटनापछि मानवअधिकारकर्मी र अल्पसंख्यक अधिकार समूहहरूले दोषीलाई कडा कारबाही गर्न र पीडितलाई तत्काल सुरक्षा तथा न्याय दिन माग गरेका छन्। उनीहरूका अनुसार पछिल्लो समय बंगलादेशमा हिन्दू समुदाय लक्षित हिंसा, हत्या, यौनहिंसा र धम्कीका घटनाहरू बढ्दै गएका छन्, जसले अल्पसंख्यक समुदायलाई भय र असुरक्षामा बाँच्न बाध्य बनाएको छ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको र संलग्न व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ। तर निरन्तर भइरहेका यस्ता घटनाका कारण अन्तरिम सरकारमाथि अल्पसंख्यक समुदायको सुरक्षा सुनिश्चित गर्न नसकेको आरोप झन् तीव्र बन्दै गएको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more