बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिन माग

३१ असोज, काठमाडौं । बंगलादेशमा अभियोजन पक्षले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग गरेको छ। उनीमाथि गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा भएका प्रदर्शनहरूलाई दबाउन मानवताविरुद्धको अपराध गरेको आरोप लगाइएको छ ।

बंगलादेशमा विद्यार्थीहरूको यो प्रदर्शन निकै हिंसात्मक भएको थियो, जसमा सुरक्षा बलको कारबाहीमा पनि धेरै मानिसको मृत्यु भएको थियो। यस हिंसापछि शेख हसिना सत्ताबाट बाहिरिनु परेको थियो।

हसिना हाल भारतमा शरण लिएर बसेकी छिन्। बीबीसीका अनुसार, उनीविरुद्ध चलिरहेको मुद्दामा एउटा अडियो क्लिप बाहिरिएको छ, जसमा कथित रूपमा उनले सुरक्षा बलहरूलाई प्रदर्शनकारीहरूमाथि ‘घातक हतियारहरूको प्रयोग’ गर्न आदेश दिएको सुनिन्छ।

यद्यपि, हसिनाले यी आरोपहरू अस्वीकार गरेकी छिन्।

गत वर्ष भएको यस हिंसामा करिब १,४०० मानिसको मृत्यु भएको थियो। यसलाई सन् १९७१ को बंगलादेशको स्वतन्त्रता संग्रामपछिको सबैभन्दा भयानक हिंसा मानिन्छ।

बंगलादेशका मुख्य अभियोजक ताजुल इस्लामले भने, ‘हसिनाले १,४०० मृत्युदण्डको सजाय पाउनुपर्छ।’

उनले थपेका छन्, ‘किनकि यो मानवीय रूपमा सम्भव छैन, त्यसैले हामी कम्तीमा एक पटक मृत्युदण्डको सजायको माग गर्दछौं ।’

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा ओलीको सरकारलाई चेतावनी : ‘हिंसात्मक कदम रोक्नुस्, संवादबाट समाधान खोज्नुस्’

    Read more

    सुनसरी घटनाले पूर्वराजा ज्ञानेन्द्र चिन्तित, सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि गरे अपिल

    Read more