प्रधानसेनापतिको खुलासा : सेना सडकमा नल्याउनुको कारण युवाको रक्तपात रोक्नु थियो

असोज ११, काठमाडौ । प्रधानसेनापति अशोकराज सिग्देलले भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा नेपाली सेनालाई ब्यारेकमै राख्नुको कारण खुलाएका छन्। उनका अनुसार सिंहदरबारलगायतका महत्वपूर्ण सरकारी सम्पदा जले पनि थप नेपाली युवाको जीवन जोगाउन र नेपाललाई विदेशी शक्तिको खेलमैदान बन्न नदिन सेनालाई सडकमा ननिकालिएको हो।

स्रोतका अनुसार, भदौ २३ गते मात्रै आन्दोलनमा १९ जनाको ज्यान गएको घटनापछि सेनापति सिग्देलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चार पटकसम्म राजीनामा दिन आग्रह गरेका थिए। तर ओलीले त्यसबेला राजीनामा दिन अस्वीकार गरेका थिए।

२४ गते आन्दोलन हिंसात्मक बन्दै जाँदा सेनाले नियन्त्रण लिँदै कर्फ्यू जारी गरेको थियो। सिग्देलका अनुसार गोली नचलाउने निर्णय प्रहरी र सशस्त्र प्रहरीसँगको सहमतिमा गरिएको थियो। तर अवस्था नियन्त्रणभन्दा बाहिर जान थालेपछि उनले प्रधानमन्त्रीलाई ‘राजीनामाबिना सुरक्षा सम्भव छैन’ भनेर दबाब दिएको सैनिक अधिकारीहरूको दाबी छ। अन्ततः सिग्देलको दबाबपछि ओलीले राजीनामा स्वीकृत गरेको स्रोतले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    भारतसँग सबै क्षेत्रमा सहकार्य विस्तार गर्न चाहन्छौँ : परराष्ट्रमन्त्री खनाल

    Read more

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more