प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति रामवरण यादवबीच भेटवार्ता

कार्तिक १९, काठमाडौ ।  प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच आगामी निर्वाचनका तयारी र समग्र राजनीतिक वातावरणबारे भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटवार्ता करिब एक घण्टा लामो भएको बताइएको छ।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले देशमा सुशासन स्थापना गर्दै जननिर्वाचित सरकारलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा शक्ति हस्तान्तरण गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याइन्। उनले निर्वाचन निष्पक्ष, पारदर्शी र हिंसारहित बनाउन सरकार पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताइन्।

पूर्वराष्ट्रपति यादवले प्रधानमन्त्री कार्कीको प्रयासको प्रशंसा गर्दै सबै राजनीतिक दलहरूलाई चुनावमा सहभागी हुन आग्रह गरे। उनले निर्वाचनका सन्दर्भमा सुरक्षा संयन्त्रबीच समन्वय सुदृढ गर्न र नागरिक समाजसँग निरन्तर संवाद कायम गर्न सुझाव पनि दिए।

भेटवार्तालाई समसामयिक राजनीतिक स्थिति, आगामी निर्वाचन र सरकारको तयारीका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ। बालुवाटार स्रोतका अनुसार, दुबै नेताले आगामी निर्वाचन सफल पार्न सबै पक्षले संयम, सहकार्य र राष्ट्रिय हितलाई प्राथमिकता दिनु पर्नेमा सहमति जनाएका छन्।

  • सम्बन्धित समाचारहरु

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more

    कांग्रेस महाधिवेशनका लागि ७७ जिल्लामा निर्वाचन अधिकृत खटिए

    Read more