प्रधानमन्त्री संसद्मा आउँछन् कि आउँदैनन् ? आजको प्रतिनिधिसभा बैठक तनावपूर्ण बन्ने संकेत

३१ बैशाख , काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठक राजनीतिक रूपमा निकै तनावपूर्ण बन्ने संकेत देखिएको छ । बिहान ११ बजे बस्ने बैठकका लागि ६ वटा कार्यसूची तय गरिए पनि सबैको ध्यान प्रधानमन्त्री बालेन साह  संसद्मा उपस्थित हुन्छन् कि हुँदैनन् भन्ने विषयमा केन्द्रित भएको छ ।
सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची आजको बैठकमा रहेको छ । तर प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर जवाफ दिने विषयमा अझै अन्योल कायम रहेको संसद् सचिवालय स्रोतले जनाएको छ ।
विपक्षी दलहरूले भने प्रधानमन्त्री आफैं संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने अडान कायम राखेका छन् । यही विषयलाई लिएर बुधबारको प्रतिनिधिसभा बैठकसमेत अवरुद्ध भएको थियो ।
आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिने, संशोधन प्रस्तावमाथि निर्णय गर्ने, नीति तथा कार्यक्रम पारित गर्ने तथा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल गर्ने एजेण्डासमेत बैठकको कार्यसूचीमा समावेश गरिएको छ ।
प्रधानमन्त्री संसद्मा उपस्थित हुने वा नहुने विषयले आजको बैठकको वातावरण थप पेचिलो बन्न सक्ने संसद् परिसरमा चर्चा भइरहेको छ ।

  • सम्बन्धित समाचारहरु

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more

    कांग्रेस महाधिवेशनका लागि ७७ जिल्लामा निर्वाचन अधिकृत खटिए

    Read more