२फागुन, काठमाडौ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ ले सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरेको छ।
नेपाल आयल निगम ले गएरातिदेखि लागू हुने गरी डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्यवृद्धि गरेपछि महासंघले यस्तो माग अघि सारेको हो।
महासंघका महासचिव डेकनाथ गौतमले जारी गरेको विज्ञप्तिमा इन्धनको एकाएक भएको भारी मूल्यवृद्धिले यातायात व्यवसायी र उपभोक्ता दुवै प्रत्यक्ष प्रभावित भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा स्वचालित प्रणालीमार्फत भाडा समायोजन हुँदै आएको भए पनि विगत २०८१ माघ २२ गतेयता सार्वजनिक यातायातको भाडा समायोजन भएको छैन। हालको उच्च मूल्यवृद्धिले व्यवसायीहरूलाई सेवा सञ्चालन गर्न कठिन भएको छ।”
महासंघले वैज्ञानिक विधि र निर्धारित सूचकका आधारमा सार्वजनिक यातायातको भाडा वृद्धि गर्न सरकारसँग आग्रह गरेको छ। सवारी साधन सञ्चालनसँग सम्बन्धित १३ वटा सूचकका आधारमा संघीय रुट तथा सातै प्रदेशका रुटमा लागू हुने भाडा यथाशीघ्र समायोजन गर्न महासंघले जोड दिएको छ।
पेट्रोलियम मूल्यवृद्धिपछि सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न व्यवसायीको माग
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
१५ वर्षदेखि रुग्ण कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी
- 16 views
राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट, महासचिव झा सहित ९ नेता अलग
- 25 views
औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग
- 79 views



















