नेकपा एमाले महासचिव शङ्कर पोखरेलको भनाइ : नयाँ पुस्ताको आकांक्षा सम्मान, प्रतिगमनकारी हर्कतको विरोध

असोज १, काठमाडौ नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नयाँ पुस्ताको आकांक्षा, माग र बलिदानको सम्मान गर्नुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै हालको जेन–जी आन्दोलनसँग जोडिएका केही गतिविधिहरूलाई लिएर आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

महासचिव पोखरेलले भनेका छन्, “नयाँ पुस्ताले अघि सारेका आकांक्षा र मागको सम्मान गर्नु आवश्यक छ। तर आन्दोलनको आवरणमा प्रतिगमनकारी हर्कत र विध्वंस हुने कामलाई भने सबैले विरोध गर्नुपर्छ।”

उनले पार्टी कार्यकर्तालाई आह्वान गर्दै जनपक्षीय जीवनशैली र आचरणलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनले भने, “आन्तरिक एकतामा जोड दिऔँ, पार्टी पङ्क्तिको मनोबल उच्च बनाऔँ। संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जागरूक बनौँ र अरूलाई पनि बनाऔँ।”

पोखरेलले लोकतान्त्रिक शक्तिहरूसँगको सम्बन्ध र सहकार्यलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए। उनका अनुसार, जबज (जनताको बहुदलीय जनवाद) को जगमा उभिएको एमाले र त्यसले अगाडि बढाएको आन्दोलनले वर्तमानका सबै चुनौतीहरूको समाधान गर्ने क्षमता राख्छ।

 

  • सम्बन्धित समाचारहरु

    हिमालय क्षेत्रमा ग्लेशियर पग्लिने क्रम तीव्र, नेपालसहित ८ देशलाई खतराको घण्टी

    Read more

    देवानगञ्जमा तनाव चर्कियो : गोली चलेपछि दुई मोटरसाइकलमा आगजनी, ठूलो संख्यामा प्रहरी परिचालन

    Read more