नागरिक बचाउ महाअभियानलाई सरकारले बार्ताका लागि आधिकारिक पत्र बुझायो

कार्तिक १९, काठमाडौ ।  नेपाल सरकारले नागरिक बचाउ महाअभियानलाई औपचारिक बार्ताका लागि आधिकारिक पत्र बुझाएको छ। गृह मन्त्रालयले मंगलबार (कात्तिक १८ गते) दिउँसो अभियानसँग वार्ताको निम्तो पठाएको हो।

गृह मन्त्रालयद्वारा लेखिएको उक्त पत्र काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रशासनिक अधिकृत तारानाथ फुल्लेलको टोलीमार्फत नागरिक बचाउ महाअभियानका केन्द्रीय प्रवक्ता माधव कल्पितलाई भक्तपुरस्थित अभियानको केन्द्रीय सचिवालयमा पुगेर हस्तान्तरण गरिएको हो।

अभियानका प्रवक्ता कल्पितका अनुसार, हाल अभियानका केन्द्रीय अध्यक्ष देशबाहिर रहनु भएको हुँदा उहाँको आगमनपछि केन्द्रीय समिति बैठक बस्ने र सो बैठकमार्फत सरकारको पत्र तथा वार्तासम्बन्धी विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरिएको छ।

सरकार र नागरिक बचाउ महाअभियानबीच हुन लागिरहेको वार्तालाई राजनीतिक र सामाजिक वृत्तले महत्वपूर्ण रूपमा हेरिएको छ, किनकि अभियानले पछिल्ला दिनमा नागरिक अधिकार, भ्रष्टाचार नियन्त्रण र उत्तरदायी शासनका विषयमा व्यापक जनसमर्थन पाएको छ।

  • सम्बन्धित समाचारहरु

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more

    कांग्रेस महाधिवेशनका लागि ७७ जिल्लामा निर्वाचन अधिकृत खटिए

    Read more