१२ फागुन, जनकपुरधाम। धनुषा निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेस ले पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महेन्द्र यादव, मधेस प्रदेश कार्यसमिति सदस्य डा. बजरंग यादव, जनकपुरधाम उपमहानगरपालिका–९ का उपसभापति हरिशंकर यादव तथा क्षेत्र नं. ४ (क) का युवा परिचालन समितिका संयोजक मो. अताउल हकको विशेष उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका–९ निवासी तथा Children Holy Palace High School का संस्थापक, पूर्व एन–प्यावसन अध्यक्ष एवं वर्तमान सल्लाहकार देवनाथ पाण्डेय र Om International School का संस्थापक, पूर्व जसपा नगर सह–सचिव शिवशंकर मिश्र कांग्रेसमा प्रवेश गरेका हुन्।
नवप्रवेशीलाई कार्यक्रममा उपस्थित नेताहरूले स्वागत गर्दै पार्टीलाई स्थानीय तहमा थप सशक्त र जनआधारित बनाउने विश्वास व्यक्त गरेका थिए। वक्ताहरूले वडा नं. ९ सहित सम्पूर्ण धनुषा–४ क्षेत्रमा संगठन विस्तार र चुनावी अभियानलाई तीव्र बनाइने बताएका छन्।
कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले नवप्रवेशी व्यक्तित्वहरूलाई सफल राजनीतिक यात्राको शुभकामना व्यक्त गरेका थिए।


















