धनुषा–१ बाट संजय कुमार सिंहको एकल नाम प्रस्ताव

पुस ७, जनकपुरधा। राष्ट्रिय मुक्ति पार्टी नेपालले धनुषा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि संजय कुमार सिंहको नाम एकल रूपमा प्रस्ताव गरेको छ।
आगामी २०८२ साल फाल्गुण २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सम्पन्न क्षेत्रीय बैठकले पार्टीका केन्द्रीय अनुशासन समिति अध्यक्षसमेत रहनुभएका संजय कुमार सिंहलाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सर्वसम्मत चयन गरेको हो।
क्षेत्रीय इन्चार्ज शंकर कुमार पासवानको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा राजनीति समिति सदस्य रघुनाथ यादव (दीपक) र केन्द्रीय सदस्य अशोक ठाकुरको विशेष उपस्थिति रहेको थियो। साथै जिल्ला उपाध्यक्ष मनोज साह, जिल्ला सचिव जीवन कुमार यादव तथा युवा अगुवा नेता विजय नायकलगायतको सहभागिता रहेको थियो।
बैठकले समानुपातिकतर्फका उम्मेदवारका रूपमा महिला नेतृ पुनम यादव र राजाराम कापरलाई पनि चयन गरेको पार्टीले जनाएको छ।
पार्टी नेतृत्वले क्षेत्रीय स्तरबाट आएको निर्णयले धनुषा–१ मा संगठन थप सुदृढ हुने र आगामी निर्वाचनमा पार्टीको उपस्थितिलाई मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।

  • सम्बन्धित समाचारहरु

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more

    अडियो प्रकरणमा धनुषाका वरिष्ठ सई जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइयो

    Read more