दुई करोड बुझाएर बब्लु गुप्ता मन्त्री बनेको दुर्गा प्रसाईंको आरोप

कार्तिक २३, काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तामाथि मन्त्री बन्नका लागि भिक्टर पौडेललाई दुई करोड रुपैयाँ बुझाएको गम्भीर आरोप लगाएका छन्।

काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्तीमा डोजर चलाउने अल्टिमेटम समाप्त भएपछि विरोधका लागि पुगेका प्रसाईंले सार्वजनिक रूपमा यो आरोप लगाएका हुन्। उनले भने, “भिक्टर पौडेललाई दुई करोड बुझाएर बब्लु गुप्ता मन्त्री बनेका छन्।”

प्रसाईंका अनुसार, उक्त रकमको लेनदेन हालकै सत्ता समीकरण मिलाउनका लागि गरिएको हो। उनले यो घटनाले सरकारले राजनीतिक नियुक्तिमा आर्थिक कारोबार कति गहिरो जरा गाडिसकेको प्रमाणित गरेको दाबी गरे।

भिक्टर पौडेल भने ‘रुटिन अफ नेपाल बन्द’ नामक सामाजिक सञ्जाल पेजका सञ्चालक हुन् र काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) साहका निकट सहयोगी मानिन्छन्। पौडेलले २०७९ सालको स्थानीय निर्वाचनमा बालेनलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।

 

  • सम्बन्धित समाचारहरु

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more

    कांग्रेस महाधिवेशनका लागि ७७ जिल्लामा निर्वाचन अधिकृत खटिए

    Read more