पुस १४, काठमाडौ । — जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) मा अर्को समूह एकीकरण भएको छ। पार्टीका सह–अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेको बहुमत केन्द्रीय सदस्यसहितको समूहले जसपा नेपालसँग औपचारिक रूपमा एकीकरण गरेको हो।
जनता समाजवादी पार्टी नेपाल र जनता समाजवादी पार्टीकै अर्को धारबीच एकीकरण गरिएको हो। उक्त एकीकरण प्रक्रियामा रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरू सहभागी भएका छन्।
पार्टी एकता सुदृढ गर्दै संगठनलाई थप मजबुत बनाउने उद्देश्यसहित यो एकीकरण गरिएको विज्ञप्तिमा उल्लेख छ। पछिल्लो समय मधेस केन्द्रित राजनीतिमा देखिएको विभाजनलाई अन्त्य गर्दै एकतामार्फत पार्टीलाई बलियो बनाउने प्रयासका रूपमा यसलाई हेरिएको छ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र सह–अध्यक्ष रेणु यादवले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्। पार्टी एकीकरणसँगै आगामी राजनीतिक गतिविधि र संगठनात्मक संरचनाबारे थप निर्णयहरू क्रमशः सार्वजनिक गरिने जनाइएको छ।
















