जनमत पार्टीका केन्द्रीय कार्यकारी सदस्य ई. शम्भुनाथ साह नेपाली कांग्रेसमा प्रवेश

१५ फागुन, जनकपुरधाम।  — जनमत पार्टीका केन्द्रीय कार्यकारी सदस्य तथा गत प्रतिनिधिसभा निर्वाचनमा धनुषा क्षेत्र नं. ३ बाट उम्मेदवार भई ८ हजारभन्दा बढी मत प्राप्त गर्न सफल ई. शम्भुनाथ साह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
साहले औपचारिक कार्यक्रममार्फत कांग्रेसमा प्रवेश गरेको जनाइएको छ। कार्यक्रममा कांग्रेसका नेताहरूले उनलाई स्वागत गर्दै पार्टीलाई मधेसमा थप सशक्त बनाउने विश्वास व्यक्त गरेका थिए।
गत निर्वाचनमा उल्लेख्य मत ल्याएका साहको प्रवेशले धनुषा क्षेत्र नं. ३ मा कांग्रेसको संगठन विस्तार र आगामी राजनीतिक समीकरणमा प्रभाव पार्ने आकलन गरिएको छ।
साहले कांग्रेसको नीति, सिद्धान्त र लोकतान्त्रिक मूल्यप्रति विश्वास व्यक्त गर्दै देशमा सुशासन र विकासका एजेन्डालाई अघि बढाउन आफूले भूमिका खेल्ने बताएका छन्।

  • सम्बन्धित समाचारहरु

    देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति, मृतकलाई शहीद घोषणा प्रक्रिया अघि बढाइने

    Read more

    सुनसरी घटनामा ओलीको सरकारलाई चेतावनी : ‘हिंसात्मक कदम रोक्नुस्, संवादबाट समाधान खोज्नुस्’

    Read more