जनकपुरधाममा निजि विद्यालय अनुगमन अभियान सुरु, नियम विपरीत पाए कडा कारबाहीको चेतावनी

१६ बैशाख , जनकपुरधाम। — जनकपुरधाम उपमहानगरपालिकाले शिक्षामा सुधार ल्याउने उद्देश्यले गठन गरेको अनुगमन समितिले आजदेखि विद्यालय अनुगमन सुरु गरेको छ। पहिलो चरणअन्तर्गत जनकपुरधाम–१३ मा अवस्थित गार्गी मेमोरियल इङ्गलिस बोर्डिङ लगायतका विद्यालयहरूमा अनुगमन गरिएको हो।
आजको अनुगमनमा समितिका सदस्य दिपक कुमार ठाकुर, बिमलेश मिश्र, सन्जिव ठाकुर तथा वडा नं. १३ का अध्यक्ष जित बहादुर राउत लगायतको सहभागिता रहेको थियो।
अनुगमनका क्रममा विद्यार्थीबाट लिइने मासिक शुल्क, पाठ्यपुस्तकको व्यवस्था तथा दर्ता अनुसार विद्यालय सञ्चालन भए–नभएको विषयमा विस्तृत जाँचबुझ गरिएको समितिले जनाएको छ।
अनुगमन समितिका सदस्य दिपक कुमार ठाकुरका अनुसार निर्धारित मापदण्ड विपरीत सञ्चालन भएका विद्यालयलाई आवश्यक निर्देशन दिइनेछ। “नियमविपरीत पाइएमा विद्यालय बन्द गर्नेसम्मको प्रक्रिया अघि बढ्न सक्छ,” उनले बताए।
उपमहानगरपालिकाले आगामी दिनमा अन्य विद्यालयहरूमा पनि नियमित अनुगमन जारी राख्ने जनाएको छ। यस अभियानले शिक्षा क्षेत्रमा पारदर्शिता र अनुशासन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    १३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

    Read more

    १५ वर्षदेखि रुग्ण कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

    Read more