चक्रवात ‘मोन्था’ आन्ध्र प्रदेशबाट दक्षिणतर्फ सर्दैै

१२ कात्तिक, काठमाडौं । चक्रवाती आँधी ‘मोन्था’ले मंगलबार राति आन्ध्र प्रदेशका मछलीपट्टनम र कालींगपट्टनमबीचको क्षेत्र हुँदै दक्षिणतिर रहेको काकीनाडा पार गरेको छ।

भारतको मौसम विभागका अनुसार अहिले यो आँधी केही कमजोर भएको छ।

यो भीषण चक्रवाती आँधी मंगलबार साँझ ७ बजे आन्ध्र प्रदेशको काकीनाडा नजिकै जमिनसँग ठोक्किएको थियो।

मंगलबार साँझसम्म यो आँधीले आन्ध्र प्रदेशका धेरै क्षेत्रमा भारी वर्षा गराएको थियो।

सोमबार उत्तर तटीय आन्ध्र प्रदेशमा विनाश मच्चाएपछि वर्षाको गतिविधि दक्षिण तटीय आन्ध्र प्रदेशका एसपीएसआर नेल्लोर र प्रकाशम जिल्लातर्फ सरेको भारतको मौसम विभागले जनाएको छ ।

आन्ध्र प्रदेश भारतको दक्षिणपूर्वी तटमा पर्ने एउटा राज्य हो, जसको दक्षिणमा तमिलनाडु राज्य पर्छ। भारतीय मौसम विभागले गरेको संकेत अनुसार, आँधी अब तमिलनाडु वा बंगालको दक्षिणी समुद्री तट तर्फ सर्दैछ भन्ने हो ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more