घट्यो सुनचाँदीको भाउ

नेपाली बजारमा सुनको भाउ ओरालो लाग्ने क्रम जारी छ । सोमबार र मंगलबार घटेको सुनको भाउ बुधबार पनि १ हजार ५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ लाख ४ सय रुपैयाँ कायम छ ।

हिजो मंगलबार सुन तोलामा ९ सयले घटेर ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी तोलामा ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो मंगलबार चाँदी तोलामा ४ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचारहरु

सुनसरी घटनामा ओलीको सरकारलाई चेतावनी : ‘हिंसात्मक कदम रोक्नुस्, संवादबाट समाधान खोज्नुस्’

Read more

सुनसरी घटनाले पूर्वराजा ज्ञानेन्द्र चिन्तित, सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि गरे अपिल

Read more