२३ चैत , काठमाडौं। — सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक लाई २६ चैतमा हिरासतबाट रिहा गर्न आदेश दिएको छ।
न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले दिएको आदेशअनुसार जिल्ला अदालतबाट थप गरिएको म्याद समाप्त भएपछि उनीहरूलाई मुक्त गर्नुपर्ने उल्लेख गरिएको छ।
यसअघि जिल्ला अदालत काठमाडौं ले २१ चैतदेखि लागू हुनेगरी तेस्रोपटक ५ दिनको म्याद थप गरेको थियो। उक्त म्याद २६ चैतमा सकिने भएकाले सोही दिन उनीहरू हिरासतमुक्त हुनेछन्।
सर्वोच्चको आदेशसँगै बहुचर्चित उक्त मुद्दामा नयाँ कानुनी मोड आएको छ। अदालतको निर्णयले हिरासतको निरन्तरता सम्बन्धी बहसमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
१५ वर्षदेखि रुग्ण कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी
- 16 views
राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट, महासचिव झा सहित ९ नेता अलग
- 25 views
औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग
- 79 views



















