एकैदिन सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँले बढ्यो

१८ साउन, काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन प्रतितोला १ लाख ९६ हजार ५ सय रुपैयाँ मूल्य तोकेको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च तोलामा १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२३५ रुपैयाँ रहेको चाँदी आज २२५० रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचारहरु

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

Read more

१५ वर्षदेखि रुग्ण कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

Read more

Leave a Reply