अमेरिका–इरान वार्तामा सकारात्मक संकेत, ट्रम्पद्वारा पाँच दिनका लागि आक्रमण स्थगित

९ चैत, काठमाडौ । अमेरिका र इरानबीच पछिल्ला दिनमा भएको वार्ताले सकारात्मक दिशा लिएको संकेत देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानविरुद्ध सम्भावित सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्ने घोषणा गरेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत दुवै देशबीच “धेरै राम्रो र फलदायी कुराकानी” भएको उल्लेख गर्दै मध्यपूर्वको तनाव कम गर्न यो निर्णय लिएको बताएका हुन्। उनले इरानका ऊर्जा केन्द्र र पूर्वाधारमाथि हुने सबै आक्रमण अस्थायी रूपमा रोक्न निर्देशन दिएको जानकारी दिएका छन्।
उनका अनुसार आगामी वार्ता र कूटनीतिक प्रगतिमा निर्भर गर्दै थप निर्णय लिइनेछ। ट्रम्पले यसलाई मध्यपूर्वमा जारी द्वन्द्व समाधानतर्फको महत्वपूर्ण पहलका रूपमा प्रस्तुत गरेका छन्।
यसअघि इरानको राष्ट्रिय रक्षा परिषद्ले अमेरिकी आक्रमण भए फारसको खाडी क्षेत्रमा सञ्चार लाइनहरूमा माइन बिछ्याउने चेतावनी दिएको थियो। साथै, संवेदनशील Strait of Hormuz सम्बन्धी तनाव पनि चर्किंदै गएको अवस्थामा दुवै पक्षबीचको वार्ताले नयाँ मोड लिएको हो।
ट्रम्पको घोषणापछि अन्तर्राष्ट्रिय बजारमा सकारात्मक प्रभाव देखिएको छ। कच्चा तेलको मूल्य करिब १३ प्रतिशतले घटेर प्रति ब्यारेल ९६ डलर आसपास पुगेको छ भने ग्यासको मूल्यमा पनि गिरावट आएको छ। बेलायतको एफटीएसई १०० सूचकांकमा सुधार देखिएको छ भने १० वर्षे सरकारी बन्डको प्रतिफल पनि घटेको छ, जसलाई बजार स्थिरताको संकेतका रूपमा गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा भोलि बिहान ६ बजेदेखि १० बजेसम्म कर्फ्यु आंशिक रूपमा खुला

    Read more

    जनकपुरधाम उपमहानगरपालिकाद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, शान्ति र संयमताका लागि अपिल

    Read more