अध्यादेश विवाद चर्कियो : विपक्षी दलको संयुक्त बैठक आज, कडा रणनीति तय हुने

१६ बैशाख , काठमाडौं ।— सरकारले संसद् अधिवेशन स्थगित गर्दै संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएपछि देशको राजनीतिक माहोल तीव्र रूपमा तातेको छ। यही सन्दर्भमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आज संयुक्त विपक्षी दलहरूको बैठक बोलाएको छ।
बैठक मध्याह्न १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ। उक्त बैठकमा एमाले, नेकपा, श्रम संस्कृति पार्टी तथा राप्रपाका संसदीय दलका नेताहरूलाई समेत सहभागी हुन आमन्त्रण गरिएको छ। स्रोतका अनुसार बैठकले सरकारविरुद्ध साझा रणनीति तय गर्नेछ।
विपक्षी दलहरूले सरकारको कदमलाई “संसद् छलेको अलोकतान्त्रिक अभ्यास” भन्दै कडा विरोध जनाउने तयारी गरेका छन्। उनीहरू संसद् अधिवेशन चलिरहँदा अध्यादेश ल्याउनुको औचित्यप्रति प्रश्न उठाउँदै आएका छन्।
कांग्रेस नेता भीष्मराज आङ्देम्बेले सरकारको निर्णयलाई संसद्को अपमान र बलमिच्याइँको संज्ञा दिएका छन्। उनले बहुमत हुँदाहुँदै अध्यादेश ल्याउनुको कारण स्पष्ट पार्न सरकारसँग माग गरेका छन्।
यसैबीच, मन्त्रिपरिषद्बाट निर्णय भए पनि अध्यादेश सार्वजनिक नगरी सीधै राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाइएको तथ्य बाहिरिएपछि विवाद झनै चर्किएको छ। पारदर्शिता अभाव र प्रक्रिया मिचिएको आरोप विपक्षी दलहरूले लगाएका छन्।

  • सम्बन्धित समाचारहरु

    १३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

    Read more

    १५ वर्षदेखि रुग्ण कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

    Read more