भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

१८ साउन, काठमाडौं । नेपाल शिक्षक महासंघले भदौदेखि आन्दोलन गर्ने निर्णय गरेको छ ।

महासचिव तुलाबहादुर थापाका अनुसार महासंघको परिषद् बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो । ‘भदौबाट आन्दोलन गर्ने निर्णय भएको छ। आन्दोलनको तिथि मिति विस्तारित कार्यालय बैठकले निर्णय गर्छ’, उनले भने ।

शिक्षा ऐनको माग, नियमावलीको १० औँ संशोधनमा आएका विषयमा महासंघले फरक मत राखेको छ । ‘शिक्षा ऐन जारी हुनुपर्छ । दशौं संशोधनमा भएका प्रावधान राम्रो छैन’, उनले भने ।

शिक्षक सरुवा, विद्यालय कर्मचारी, ईसीडी शिक्षक, अस्थायी प्रकृतिका शिक्षकको व्यवस्थापन हुनुपर्ने माग महासंघले राख्दै आएको छ ।

  • सम्बन्धित समाचारहरु

    श्रावण २३ मा ‘अग्रगामी मोर्चा’ घोषणा गरिने, विभिन्न सात दलको सहभागिता रहने

    Read more

    सर्लाहीमा १०९ किलो गाँजासहित २ भारतीय पक्राउ

    Read more