वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ

१९ जेठ, बिरगंज ।  वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको आठ दिनपछि पर्सा प्रहरीले उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी सुदीपराज पाठकका अनुसार मेयर सिंह पर्साको ठोरी क्षेत्रमा लुकीछिपी बस्दै गरेको अवस्थामा विशेष सूचनाको आधारमा गरिएको अपरेशनमार्फत पक्राउ परेका हुन्।

मेयर सिंहविरुद्ध लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत पर्साले गत जेठ १२ गते पक्राउ पुर्जी जारी गरेको थियो। त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो।

प्रहरीले पक्राउपछि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।

  • सम्बन्धित समाचारहरु

    देवानगञ्जमा तनाव चर्कियो : गोली चलेपछि दुई मोटरसाइकलमा आगजनी, ठूलो संख्यामा प्रहरी परिचालन

    Read more

    जनकपुरधाममा संविधान संशोधन र हिन्दूराष्ट्रको माग गर्दै राष्ट्रिय एकता दलको प्रदर्शन

    Read more