दुई महिनामै सरकारका महत्वपूर्ण काम

१४ जेठ, काठमाडौ । क सरकारले कार्यभार सम्हालेको दुई महिनाभित्र विभिन्न महत्वपूर्ण निर्णय तथा सुधारात्मक कदमहरू अघि बढाएको  छ। सुशासन, सेवा प्रवाह, आर्थिक सुधार तथा प्रशासनिक संरचना व्यवस्थित बनाउने उद्देश्यले विभिन्न काम सम्पन्न गरिएको हो।
सरकारले सम्पत्ति छानबिन आयोग गठनदेखि लिएर मन्त्रालयको संख्या कटौतीसम्मका निर्णयलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। त्यस्तै, सट्टेबाजी एप तथा वेबसाइट बन्द गर्ने, १८ बुँदे घोषणापत्र जारी गर्ने, तथा राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय पनि गरिएको उल्लेख छ।
यस अवधिमा सीआईबीलाई आवश्यक रकम उपलब्ध गराइएको, स्वास्थ्य पर्यटन रणनीति स्वीकृत गरिएको तथा राहदानी घरदैलो सेवा सुरु गरिएको सरकारको दाबी छ। सहकारी पीडितलाई रकम फिर्ता प्रक्रिया अघि बढाइएको तथा लाइसेन्स छपाइ र डिजिटल ट्राफिक व्यवस्थापनमा सुधारको काम पनि गरिएको बताइएको छ।
यस्तै, सार्वजनिक स्थलमा बनाइएका अतिक्रमित संरचना हटाउने अभियानलाई समेत तीव्रता दिइएको  छ।
सरकारले यी कामहरूलाई सुशासन, पारदर्शिता र जनसेवा प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

  • सम्बन्धित समाचारहरु

    देवानगञ्जमा तनाव चर्कियो : गोली चलेपछि दुई मोटरसाइकलमा आगजनी, ठूलो संख्यामा प्रहरी परिचालन

    Read more

    जनकपुरधाममा संविधान संशोधन र हिन्दूराष्ट्रको माग गर्दै राष्ट्रिय एकता दलको प्रदर्शन

    Read more