सांसद प्रशिक्षणको खर्चबारे आशिका तामाङको प्रश्न, रास्वपाभित्रै उठ्यो असन्तुष्टि

२६ बैशाख , काठमाडौ ।  राष्ट्रिय स्वतन्त्र पार्टी की सांसद आशिका तामाङ ले पार्टीद्वारा आयोजित सांसद प्रशिक्षण कार्यक्रमको खर्च व्यवस्थापनमाथि सार्वजनिक रूपमा प्रश्न उठाएकी छन्।
रास्वपाले ललितपुरस्थित स्टाफ कलेज मा सांसदहरूका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको बेला सांसद तामाङले महँगा होटल तथा बाहिरी सभा हल प्रयोग गर्नु उपयुक्त नभएको टिप्पणी गरेकी हुन्।
उनले सामाजिक सञ्जालमार्फत सिंहदरबारभित्र उपलब्ध सभाहल प्रयोग गर्न सकिने अवस्था हुँदाहुँदै बाहिरी स्थानमा कार्यक्रम आयोजना गर्नुको औचित्यमाथि प्रश्न उठाइन्। “कसैसँग हल सापटी लिएर कार्यक्रम गर्नुपर्ने कुनै बाध्यता पक्कै होइन होला। सिंहदरबारमा सभाहल छन्। बाहिरको खर्चको लेखाजोखा कसले गर्ने ?” भन्दै उनले खर्च पारदर्शिताबारे चासो व्यक्त गरेकी छन्।
सांसदहरूको सुरक्षालाई कारण देखाएर महँगा हल प्रयोग गरिएको विषयमा पनि उनले असहमति जनाइन्। “सांसदहरूलाई एक दिन मात्रै चाहिने हो सुरक्षा ? अरू दिन पर्दैन ?” भन्दै उनले सुरक्षा बहानामा अनावश्यक खर्च गर्न नहुने तर्क राखिन्।
तामाङले परिवर्तन र मितव्ययिताको पक्षमा उभिएको पार्टीले व्यवहारमा पनि त्यसलाई लागू गर्नुपर्ने बताएकी छन्। “फजुल खर्च नगर्ने भनेर बोलिरहँदा व्यवहारमा भने देखिएन भने नयाँ र पुरानामा के फरक ?” भन्दै उनले पार्टी नेतृत्वप्रति प्रश्न गरेकी हुन्।
रास्वपाले हाल “सक्षम सांसद, सशक्त संसद्” शीर्षकमा सांसदहरूका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ। यसअघि पनि ललितपुरका भव्य होटलमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई लिएर पार्टी आलोचित बनेको थियो।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more