भारतको प्रतिक्रिया: १०० रुपैयाँभन्दा बढी सामानमा कस्टम ड्युटीबारे जानकारी, निजी प्रयोगमा सहजता रहने स्पष्टता

१० बैशाख , दिल्ली। भारत–नेपाल सीमामा कस्टम ड्युटी सम्बन्धी नयाँ नियम लागू भएपछि सीमावर्ती क्षेत्रमा चहलपहल र असन्तुष्टि दुवै देखिएको छ।
दशकौँदेखि नेपाल–भारत सीमामा दुवै देशका नागरिकहरू सहज रूपमा आवतजावत गर्दै दैनिक उपभोग्य सामान, औषधि, इलेक्ट्रोनिक्स तथा विवाह–ब्याहका सामग्री खरिद गर्ने परम्परा रहँदै आएको छ। तर हाल नेपाल सरकारले सीमापारबाट ल्याइने सामानमा कस्टम ड्युटी लागू गरेपछि सीमावर्ती बासिन्दाहरूमा असुविधा बढेको भन्दै विरोध भइरहेको छ।
यस विषयमा भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले प्रतिक्रिया दिँदै, यात्रुहरूले भारतबाट खरिद गरी १०० नेपाली रुपैयाँभन्दा बढी मूल्यका सामान लैजाँदा कस्टम ड्युटी लाग्ने नियम लागू भएको जानकारी भएको बताएका छन्। उनले यो कदम अनौपचारिक व्यापार र तस्करी नियन्त्रण गर्ने उद्देश्यले नेपाल सरकारले अघि सारेको बुझिएको पनि उल्लेख गरेका छन्।
त्यस्तै, निजी प्रयोगका लागि सामान्य घरेलु सामान बोकेर जाने सर्वसाधारणलाई भने रोक नलगाइने स्पष्ट गरिएको नेपाली अधिकारीको भनाइ पनि आफूहरूले देखेको भारतले जनाएको छ।
भारतको बिहार राज्यसँग सीमा जोडिएको नेपालका क्षेत्रमा यो नियमका कारण दैनिक किनमेलमा निर्भर नागरिकहरू प्रभावित भएको बताइएको छ। यसैबीच, प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको निर्णयविरुद्ध सीमावर्ती क्षेत्रमा विरोध प्रदर्शनहरू पनि भइरहेका छन्।
सरकारले अनौपचारिक व्यापार नियन्त्रण र राजस्व व्यवस्थापनलाई प्राथमिकता दिएको बताइए पनि स्थानीय बासिन्दाहरूले सीमा वारपारको सहजतामा बाधा पुगेको भन्दै पुनर्विचारको माग गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    संविधान संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक सम्पन्न, कार्ययोजना स्वीकृत

    Read more

    धनुषामा पत्रकार महासंघको ज्ञापनपत्र: सरकारी विज्ञापन नीतिको विरोध

    Read more