पेट्रोलियम अभावका कारण शनिबार–आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

२२ चैत, काठमाडौ ।  — सरकारले पेट्रोलियम आपूर्तिमा देखिएको असहजताका कारण भोलिदेखि लागू हुनेगरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय तथा शैक्षिक संस्थामा दुई दिन बिदा दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार यो व्यवस्था भोलि अर्थात् चैत २३ गतेदेखि लागू हुनेछ।
प्रवक्ता पोखरेलले पेट्रोलियम आपूर्तिमा आएको समस्या व्यवस्थापन गर्न तथा इन्धन खपत घटाउने उद्देश्यले यस्तो निर्णय गरिएको जानकारी दिए। उनले परिस्थितिअनुसार आगामी दिनमा थप निर्णय लिन सकिने संकेतसमेत गरे।
सरकारको यस निर्णयसँगै अब सरकारी निकाय तथा शैक्षिक संस्थामा सातामा दुई दिन बिदा हुने भएको छ।

अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । तर शैक्षिक संस्थाहरूको हकमा भने यो समय लागू हुने छैन।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more