पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

१४ चौत,काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। प्रहरीले काठमाडौंको गुण्डुस्थित उनको निजी निवासमा प्रवेश गरी उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार अपराध अनुसन्धान कार्यालय टेकु का एसएसपी सन्तोष खड्का को नेतृत्वमा खटिएको टोलीले आज बिहान ओलीलाई पक्राउ गरेको हो। पक्राउपछि उनलाई आवश्यक अनुसन्धानका लागि टेकुस्थित कार्यालयतर्फ लगिएको जनाइएको छ।
ओलीविरुद्ध ज्यानसम्बन्धी गम्भीर मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ। घटनासम्बन्धी विस्तृत विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन।
नेपालको राजनीतिक इतिहासमा कार्यकारी पद सम्हालेका पूर्वप्रधानमन्त्रीलाई ज्यान मुद्दामा पक्राउ गरिएको यो पहिलो घटना भएको विश्लेषण गरिएको छ। यस घटनाले देशको राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ भने विभिन्न दल तथा नेताहरूको प्रतिक्रिया आउने क्रम जारी छ।

  • सम्बन्धित समाचारहरु

    रौतहटमा अल्जाइमर रोगबारे सचेतना बढाउन कार्यक्रम

    Read more

    संविधान संशोधनको बहस चर्काउँदै राष्ट्रिय मुक्ति पार्टी, देशभर अभियान चलाउने

    Read more