प्रधानमन्त्री बन्नुअघि बालेनले लिए ज्योतिषीको सल्लाह, कार्यालयमा ‘वास्तु’ मिलाउँदै तयारी

१२ चैत,काठमाडौं। — प्रधानमन्त्री बन्ने तयारीमा रहेका बालेन्द्र शाह (बालेन) सँग सम्बन्धित ज्योतिषी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर कार्यालयको अवलोकन गरेका छन्। उनीहरूले वास्तुशास्त्रका आधारमा विभिन्न सुझाव दिएको स्रोतले जनाएको छ।
मंगलबार कार्यालय पुगेका ज्योतिषीले बालेनलाई वर्तमान प्रधानमन्त्री सुशीला कार्की ले प्रयोग गर्दै आएको कुर्सीमा नबस्न सल्लाह दिएका छन्। साथै, टेबुल–कुर्सीको दिशा परिवर्तन गर्न पनि सुझाव दिइएको बताइएको छ। बिहीबार पनि बालेननिकट एक पण्डितले कार्यालय पुगेर पुनः अवलोकन गरेका थिए।
प्रधानमन्त्रीको पदभार ग्रहणअघि नै कार्यालयको सरसफाइ र व्यवस्थापनलाई तीव्र पारिएको छ। बाहिरी संरचनामा रहेका अस्तव्यस्त तारहरू व्यवस्थित गरिएका छन् भने ‘प्रधानमन्त्री बालेन्द्र शाह’ लेखिएको नेमप्लेटसमेत तयार भइसकेको छ। बालेनले भोलि दिउँसो २:१५ बजे पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ।
यसैबीच, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि ज्योतिषीप्रति विश्वास गर्ने नेताका रूपमा चिनिने गरेका थिए। उनको कार्यकालमा समेत निर्णय प्रक्रियामा ज्योतिषीय सल्लाहको प्रभावबारे चर्चा हुने गरेको थियो।
आधुनिक सोच र नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै आएका बालेनले पनि ज्योतिषीय सल्लाहलाई महत्व दिएको देखिएपछि यस विषयमा मिश्रित प्रतिक्रिया आउन थालेका छन्। कतिपयले यसलाई व्यक्तिगत आस्था भनेका छन् भने केहीले यसलाई परम्परागत अभ्यासको निरन्तरताका रूपमा व्याख्या गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more