पेट्रोल र डिजेलमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि

११ चैत, काठमाडौं ।— नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढ्दै गएको कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
निगमद्वारा जारी प्रेस विज्ञप्तिअनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल/मट्टितेलमा पनि प्रतिलिटर १५ रुपैयाँले मूल्य वृद्धि गरिएको छ। नयाँ मूल्य सूची अनुसार विभिन्न वर्गका स्थानहरूमा फरक–फरक दर कायम गरिएको छ।
निगमका अनुसार पछिल्लो एक महिनादेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ, जसका कारण स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्नुपर्ने अवस्था आएको हो। यस अवधिमा निगमले करिब १५ दिनमै अर्बौं रुपैयाँ घाटा व्यहोर्नु परेको जनाएको छ।
यद्यपि, उपभोक्तालाई पर्ने असरलाई मध्यनजर गर्दै मूल्य स्थिरीकरण कोषको समेत उपयोग गरी सीमित मात्रामा मूल्य वृद्धि गरिएको निगमले स्पष्ट पारेको छ।

  • सम्बन्धित समाचारहरु

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more

    औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग

    Read more