सुनको भाउ घट्दा चाँदीमा भने सामान्य वृद्धि

१० चैत, काठमाडौ । अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटको प्रभावले नेपाली बजारमा पनि सुनको मूल्य घट्ने क्रम मंगलबार पनि जारी रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घट्दै २ लाख ७३ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार एक साताको अवधिमै सुनको भाउ उल्लेख्य रूपमा घटेको छ । गत मंगलबार प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँ रहेको सुनको मूल्य हालसम्म आइपुग्दा तोलामा ३६ हजार रुपैयाँले घटिसकेको छ । अन्तर्राष्ट्रिय बजारमै मूल्य घटेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको बताइएको छ ।
यता, चाँदीको मूल्य भने मंगलबार सामान्य वृद्धि देखिएको छ । चाँदी प्रतितोला ८० रुपैयाँले बढ्दै ४ हजार ५०५ रुपैयाँ पुगेको छ । यद्यपि, चाँदीको मूल्य पनि पछिल्लो एक सातामा समग्रमा घट्दो नै रहेको छ । गत मंगलबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो, जसअनुसार एक सातामा ८३० रुपैयाँले गिरावट आएको छ ।
बजार विश्लेषकहरूले अन्तर्राष्ट्रिय आर्थिक गतिविधि र विनिमय दरका कारण सुन–चाँदीको मूल्यमा उतारचढाव जारी रहने बताएका छन् ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more