जनकपुरधाममा कक्षा ८ को वार्षिक परीक्षा सुरु, अनुगमन तीव्र

९ चैत्र , जनकपुरधाम | जनकपुरधाम उप–महानगरपालिकाअन्तर्गत आधारभूत तह (कक्षा ८) को वार्षिक परीक्षा आजदेखि सुरु भएको छ। विद्यार्थीहरूको भविष्यसँग प्रत्यक्ष जोडिएको यस महत्वपूर्ण परीक्षालाई मर्यादित, व्यवस्थित र निष्पक्ष रूपमा सञ्चालन गर्न विशेष ध्यान दिइएको छ।

परीक्षा सञ्चालनलाई प्रभावकारी बनाउन परीक्षा समिति अध्यक्ष तथा नगर प्रमुख मनोज कुमार साहको नेतृत्वमा अनुगमन कार्य तीव्र बनाइएको छ। अनुगमन टोलीमा शिक्षा समितिका सदस्य दीपक कुमार ठाकुर, फूल कुमारी तथा प्याब्सन जनकपुरधामका अध्यक्ष रविन्द्र चौधरीको सहभागिता रहेको छ। टोलीले विभिन्न परीक्षा केन्द्रहरूमा पुगेर परीक्षा व्यवस्थापन, अनुशासन तथा पारदर्शिताको अवस्थाबारे निरीक्षण गरेको जनाएको छ।

यसैबीच, शिक्षा समितिका सदस्य दीपक कुमार ठाकुरले यस्तो तयारी र कडाइले आगामी एसईई र कक्षा १२ (+२) का परीक्षाहरूलाई समेत मर्यादित र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

परीक्षालाई निष्पक्ष, अनुशासित र व्यवस्थित बनाउन सबै सम्बन्धित निकायहरू सक्रिय रूपमा खटिएका छन्। नगरप्रमुख साहले विद्यार्थीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न कुनै पनि प्रकारको लापरवाही हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ।यस वर्षको परीक्षा शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा भोलि बिहान ६ बजेदेखि १० बजेसम्म कर्फ्यु आंशिक रूपमा खुला

    Read more

    जनकपुरधाम उपमहानगरपालिकाद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, शान्ति र संयमताका लागि अपिल

    Read more