सांसदलाई मन्त्री नबनाउने तयारीमा रास्वपा

२७ फागुन, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचित सांसदलाई मन्त्री नबनाउने व्यवस्था लागू गर्ने विषयमा तयारी थालेको छ। पार्टीले वर्तमान प्रणालीले अस्वस्थ राजनीतिक प्रतिस्पर्धा बढाएको निष्कर्ष निकाल्दै यस्तो व्यवस्था परिवर्तन आवश्यक रहेको धारणा अघि सारेको हो।
रास्वपाका अनुसार अहिलेको संवैधानिक व्यवस्थाअनुसार सांसद नै मन्त्री बन्नुपर्ने बाध्यताले जसरी पनि चुनाव जित्नुपर्ने मानसिकता बढाएको छ। यसले निर्वाचनमा अत्यधिक खर्च हुने र त्यसपछि खर्च उठाउन भ्रष्टाचार तथा अनियमितता बढ्ने प्रवृत्ति मौलाएको पार्टीको ठहर छ।
यसै सन्दर्भमा उच्चस्तरीय जाँचबुझ आयोगले पनि सांसदलाई मन्त्री नबनाउने व्यवस्था लागू गर्न सुझाव दिएको बताइएको छ। आयोगका अनुसार यस्तो व्यवस्था लागू भए चुनावी खर्च घट्ने, नीतिगत भ्रष्टाचार कम हुने तथा निर्वाचन प्रणालीमा सुधार आउने विश्वास गरिएको छ।
उता भावी प्रधानमन्त्रीका रूपमा चर्चामा रहेका बालेन शाह पनि यस अवधारणाप्रति सकारात्मक देखिएको स्रोतहरूले बताएका छन्। उनले शासन प्रणालीलाई दक्ष, पारदर्शी र परिणाममुखी बनाउन योग्य व्यक्तिलाई मन्त्री बनाउने मोडेल आवश्यक रहेको धारणा राख्दै आएका छन्।
रास्वपाले यस विषयमा दलभित्र छलफल अघि बढाएको छ भने आगामी दिनमा संवैधानिक तथा कानुनी संशोधनमार्फत यस्तो व्यवस्था लागू गर्ने सम्भावनाबारे अध्ययन गरिरहेको बताइएको छ।

  • सम्बन्धित समाचारहरु

    प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

    Read more

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more