१५ फागुन, गोलबजार । — गोलबजार नगरपालिका–२ गुरुधाममा टिपरको हाइड्रोलिक उठाउने क्रममा ११ हजार भोल्टको हाईटेन्सन लाइनमा छोइँदा करेन्ट लागेर चालकको मृत्यु भएको छ।
स्थानीयका अनुसार सामान खन्याउने क्रममा चालकले टिपरको डाला (हाइड्रोलिक) उठाउँदा माथिबाट गएको उच्च क्षमताको विद्युत् प्रसारण लाइनमा छोएको थियो। करेन्ट लागेसँगै चालक गम्भीर घाइते भएका थिए। घटनास्थलमै उनको ज्यान गएको प्रहरीले जनाएको छ।
करेन्ट सर्ट भई टिपरमा आगलागीसमेत भएको थियो। आगो स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइएको बताइएको छ।
घटनापछि उक्त क्षेत्रमा केही समय विद्युत् आपूर्ति अवरुद्ध भएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

















