वैकल्पिक शक्तिलाई बहुमत दिए नेपाल युक्रेनजस्तै संकटमा पर्न सक्छ : चित्रबहादुर केसी

काठमाडौं, माघ ११ गते। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफूलाई वैकल्पिक शक्ति भनेर प्रस्तुत गर्ने दलहरूले बहुमत हासिल गरे देश गम्भीर संकटमा फस्न सक्ने चेतावनी दिएका छन्।
नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै केसीले यस्तो अवस्था आए नेपालले युक्रेन वा दोस्रो विश्वयुद्धकालीन अवस्थाजस्तै कठिन परिस्थिति भोग्नुपर्ने खतरा रहेको दाबी गरे।
उनले विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका नेताहरूतर्फ संकेत गर्दै भावनात्मक लहरका आधारमा मतदान नगर्न मतदातालाई आग्रह गरे। केसीका अनुसार नयाँ र वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गरिएका समूहहरू नै दीर्घकालीन रूपमा देशका लागि जोखिमपूर्ण हुनसक्छन्।
“नयाँ शक्ति भनेर देखाइएकाहरूले धेरै कुरा लुकाएर राखेका छन्,” उनले भने, “यस्ता समूहबाट राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि खतरा उत्पन्न हुने संकेत देखिइसकेको छ।”
इतिहासको उदाहरण दिँदै केसीले हिटलरको उदयका बेला जर्मनीले भोग्नुपरेको विनाश स्मरण गराउँदै गलत नेतृत्वलाई समर्थन गर्दा देश युद्ध, विभाजन र अस्थिरतातर्फ धकेलिन सक्ने बताए।
उनले मतदातालाई सही–गलत छुट्याएर दीर्घकालीन असरलाई ध्यानमा राखी मतदान गर्न आग्रह गर्दै वैकल्पिक शक्तिप्रति अन्धो भरोसा नगर्न स्पष्ट सन्देश दिएका छन्।

  • सम्बन्धित समाचारहरु

    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, प्रधानमन्त्री बालेन शाहद्वारा सतर्क रहन आग्रह

    Read more

    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, मौसम विभागले गरायो सतर्क

    Read more