रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

९ माघ, रौतहट । रौतहटमा दुई वटा मोटरसाइकल एकआपसम ठोक्किँदा दुई युवकको ज्यान गएको छ ।

गौर-पिपरा सडकखण्डको राजदेवी नगरपालिका पथरामा प्र०२–०३–०१८प२३४६ र भारतीय नम्बरको बीआर ३० ए एफ२३७० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्गाभगवती गाँउपालिका-का अशोक महतो र राजदेवी नगरपालिका-२ का अरविन्द महतोको मृत्यु भएको हो ।

तीव्र गतिमा रहेका दुवै मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका क्रममा ल्याउँदै गर्दा ज्यान गएको जिल्ला प्रहरी काघर्यालय रौतहटका डीएसपी प्रवक्ता विष्णुप्रदीप बस्यालले जानकारी दिए ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more