आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने कांग्रेसको चेतावनी

माघ ३, काठमाडौ । शेरबहादुर देउवाले नेतृत्व गरिरहेको नेपाली कांग्रेसले निर्वाचन आयोगले पार्टीलाई मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ।
पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले कांग्रेसको आधिकारिकता अस्वीकार गरे कडा आन्दोलनमा उत्रिने बताए।

उनले निर्वाचन आयोगप्रति पूर्ण अविश्वास भने नरहेको स्पष्ट गर्दै सम्भावित निर्णयप्रति आशंका रहेको उल्लेख गरे।
“निर्वाचन आयोग गलत बाटोमा जान्छ भन्ने हामीलाई लाग्दैन, तर आशंकाहरू छन्,” खड्काले भने, “यदि आयोगले हामीले नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई मान्यता दिएन भने कांग्रेस देशभर आन्दोलन गर्न तयार छ। हामी गाउँ–गाउँ र वडावडाबाट चारतारे झण्डा बोकेर सडकमा उत्रिनेछौं।”
खड्काले त्यस्तो अवस्था आए पार्टीको आह्वानमा देशभरका कार्यकर्ता, भ्रातृ तथा शुभेच्छुक संघ–संगठनलाई आन्दोलनमा होमिन निर्देशन पनि दिएका छन्।
पार्टीको आधिकारिकतासम्बन्धी विवाद उत्कर्षमा पुगेका बेला कांग्रेस नेतृत्वको यो चेतावनीलाई निर्णायक राजनीतिक दबाबका रूपमा हेरिएको छ। निर्वाचन आयोगले दुवै पक्षका दाबीमाथि अध्ययनपछि निर्णय गर्ने जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्

    Read more

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more