NRNA ले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिका आमन्त्रण नगरेको स्पष्ट

पुस २५, काठमाडौ ।  गैरआवासीय नेपाली संघ अमेरिका (NRNA NCC USA) ले नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री माननीय बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण नगरेको स्पष्ट पारेको छ। संस्थाले यससम्बन्धी भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाउँदै आधिकारिक धारणा सार्वजनिक गरेको हो।

NRNA NCC USA का अनुसार संस्थाको तर्फबाट अमेरिकामा कुनै पनि युवा सम्बन्धी कार्यक्रम आयोजना गरिएको छैन। साथै, संस्थाको जानकारी, स्वीकृति वा निर्णय बिना कुनै व्यक्ति वा समूहले NRNA NCC USA को नाम प्रयोग गरी कार्यक्रम आयोजना गरेको दाबी गरिएको भए त्यसमा संस्थाको कुनै प्रकारको संलग्नता नरहेको स्पष्ट गरिएको छ।

संस्थाले आफ्नो नाम, पहिचान तथा डिजिटल विवरण दुरुपयोग गरी सञ्चालन गरिने कुनै पनि गतिविधि अवैध हुने जनाएको छ। यस्ता गतिविधिहरूले संस्थालाई कानुनी, आर्थिक तथा प्रतिष्ठासम्बन्धी जोखिम उत्पन्न गराउने भएकाले यस विषयलाई गम्भीर रूपमा लिइएको NRNA NCC USA ले जनाएको छ।
NRNA NCC USA ले सञ्चार माध्यम, सरोकारवाला निकाय तथा आम समुदायलाई भ्रामक सूचना र अनधिकृत गतिविधिप्रति सजग रहन आग्रह गर्दै आधिकारिक जानकारीबाहेक अन्य दाबीमा विश्वास नगर्न अनुरोध गरेको छ।

  • सम्बन्धित समाचारहरु

    प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

    Read more

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more