सुनसरीमा शान्ति तथा सद्भाव समिति गठन

पुस २४, इनरुवा ।  धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्ने उद्देश्यले सुनसरीमा शान्ति तथा सद्भाव समिति गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीमा सरोकारवाला निकायहरूको सहभागितामा बसेको बैठकले सामाजिक सद्भाव, शान्ति सुरक्षा सुदृढ गर्ने उद्देश्यसहित समिति गठन गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकले चार बुँदे निर्णय गरेको जनाइएको छ। निर्णयअनुसार जिल्लामा धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्ने, कुनै पनि प्रकारका उच्छृङ्खल गतिविधि हुन नदिने, सद्भावमा खलल पुर्‍याउने कार्य गर्ने वा गराउने व्यक्तिमाथि कानुनी कारबाही गर्ने तथा शान्ति–सुरक्षा र सद्भाव कायम राख्न सबै सरोकारवालाले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने सहमति भएको छ।

बैठकमा स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक अगुवा तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले आपसी समन्वय र सहकार्यमार्फत जिल्लामा सामाजिक सद्भाव कायम राख्न प्रतिबद्धता जनाएका छन्।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more