रास्वपा सभापति रवि लामिछानेका दाजु हरिशरण लामिछाने खुलेर राजसंस्थाको पक्षमा

पुस २४, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका दाजु हरिशरण लामिछाने खुला रूपमा राजसंस्थाको पक्षमा उभिएका छन्। काठमाडौंमा आयोजित ‘लौरो अभियान, स्वतन्त्र अभियान र जेन–जी अभियान’को विशेष भेला तथा पत्रकार सम्मेलनमा बोल्दै उनले संवैधानिक राजसंस्थाको सम्भावनाबारे देशभर आवाज उठ्न थालेको दाबी गरेका छन्।

हरिशरण लामिछानेले सबै नेपालीले अपनत्व महसुस गर्न सक्ने राष्ट्राध्यक्ष आवश्यक रहेको उल्लेख गर्दै, वर्तमान राजनीतिक अवस्थाले वैकल्पिक शासन संरचनामाथि बहसको आवश्यकता देखाएको बताए। उनले राष्ट्रियता र सार्वभौमिकतामाथि संकट देखिएको दाबी गर्दै, अहिलेको अवस्थालाई गम्भीर रूपमा नलिए मुलुक नै जोखिममा पर्न सक्ने चेतावनी दिए।

उनले राजसंस्था अनिवार्य रूपमा तानाशाही हुन्छ भन्ने धारणा अन्तिम सत्य नभएको स्पष्ट पार्दै, विश्वका विभिन्न मुलुकमा संवैधानिक राजसंस्थाले लोकतान्त्रिक मूल्य–मान्यताभित्र काम गरिरहेको उदाहरणसमेत उल्लेख गरे।
कार्यक्रममा सहभागी वक्ताहरूले मुलुकको राजनीतिक स्थायित्व, सुशासन र राष्ट्रिय हितका विषयमा खुला बहस आवश्यक रहेको धारणा राखेका थिए।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more