पुस २४, काठमाडौ । माओवादी केन्द्रबाट प्रदेश सांसद निर्वाचित रहबर अन्सारीले बिहीबार पार्टी परित्यागको घोषणा गरेका छन्। रातो अक्षरमा लेखिएका ‘इन्कलाब’का पंक्तिहरू उल्लेख गर्दै उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै माओवादी छाड्ने निर्णय सार्वजनिक गरेका हुन्।
मधेस प्रदेशका सांसद अन्सारीले पत्रमार्फत प्रचण्डलाई माओवादी केन्द्रका पूर्व अध्यक्ष भनेर सम्बोधन गरेका छन्। प्रचण्डले माधव नेपाललगायत नेताहरूसँग मिलेर पार्टीको नाम परिवर्तन गरेको केही महिनापछि अन्सारीले पार्टी छाड्ने निर्णय लिएको जनाइएको छ।
अन्सारीले आफ्नो पत्रको बोधार्थ जनयुद्धका शहीद परिवार, परिवर्तनको अपेक्षा राखेर अन्ततः सत्ता र सुविधातर्फ उन्मुख भएका समूह, अवसरवादीहरू तथा वास्तविक शहीदहरूलाई दिएका छन्। पत्रमा उनले माओवादी आन्दोलनको मूल मूल्य, बलिदान र आदर्शबाट पार्टी विचलित भएको आरोप लगाएका छन्।
सम्बन्धित समाचारहरु
छुटाउनुभयो कि?
सर्वोच्चबाट पनि गोपाल राय यादवलाई राहत भएन विशेष अदालतको तीन वर्ष कैद र १५ लाख जरिवानाको फैसला कायम रहने
- 39 views
प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधनमा नेपालको सबैभन्दा बलियो अन्तर्राष्ट्रिय मुद्दा अहिले जलवायु न्याय बन्न सक्छ
- 44 views


















