युवा तथा खेलकुद मन्त्रीको अमेरिका भ्रमण प्रकरणबारे अख्तियारमा उजुरी

पुस २४, काठमाडौ । मुलुक बचाउने नागरिक (ममुबना) अभियानका प्रमुख युवराज सफलले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण प्रकरणको छानबिन गरी कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।
सफलले मन्त्री गुप्ताले फर्जी आयोजक र फर्जी निमन्त्रणापत्रका आधारमा मन्त्रिपरिषद्बाट अमेरिका भ्रमण स्वीकृत गराएको आरोप लगाएका छन्। उजुरीमा उक्त भ्रमण प्रक्रिया कानुनविपरीत र सार्वजनिक पदको दुरुपयोग भएको दाबी गरिएको छ।
उनका अनुसार अन्तर्राष्ट्रिय कार्यक्रमको नाममा प्रस्तुत गरिएको निमन्त्रणापत्र र आयोजक संस्थाको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ। यसबारे कुनै यथेष्ट पुष्टि नगरी मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराइनु राज्यको स्रोत र अधिकारको दुरुपयोग भएको सफलको आरोप छ।
ममुबना अभियानले यस प्रकरणमा संलग्न सबै पक्षमाथि निष्पक्ष छानबिन गरी दोषी देखिए कडा कारबाही गर्न अख्तियारसँग माग गरेको छ। साथै यस्ता गतिविधिले सुशासन र सार्वजनिक जवाफदेहितामाथि गम्भीर असर पार्ने भन्दै तत्काल अनुसन्धान अघि बढाउन आग्रह गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    भारी वर्षाको जोखिमका कारण जलेश्वरका विद्यालय दुई दिन बन्द

    Read more

    भारी वर्षाको सम्भावनापछि असोज ८ र ९ गते विद्यालय बिदा गर्न शिक्षा मन्त्रालयको आग्रह

    Read more