धनुषा प्रहरीले लेनदेनसम्बन्धी मुद्दामा कैद सजाय तोकिएकी एक महिलालाई पक्राउ गरेको छ

पुस १८, जनकपुरधाम। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जिल्ला अदालत धनुषाले लेनदेन मुद्दामा कैद सजाय सुनाएकी जनकपुरधाम उपमहानगरपालिका–६ की सुधा देवीलाई पक्राउ गरिएको हो। वादी जनकपुरधाम उपमहानगरपालिका–११ निवासी पवनदेवी शिवहरेले दायर गरेको लेनदेन मुद्दामा अदालतले सजाय तोकेपछि उक्त आदेश कार्यान्वयनका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुग्मबहादुर कुँवरका अनुसार अदालतको आदेशअनुसार शुक्रबार प्रतिवादीलाई पक्राउ गरिएको हो। “अदालतको आदेशअनुसार प्रहरीले प्रतिवादीलाई शुक्रबार पक्राउ गरेको हो। शुक्रबार नै अदालतमा हाजिर गराउने तयारी भए पनि सार्वजनिक बिदा परेकाले सम्भव भएन,” उनले भने, “आइतबार अदालतमा हाजिर गराइनेछ।”
प्रहरीका अनुसार वादी पवनदेवी शिवहरेले २०७५ सालमा दायर गरेको लेनदेनसम्बन्धी मुद्दामा जिल्ला अदालत धनुषाले २०७८ माघ १० गते बिगो वापत दुई वर्ष कैद सजाय तोकेको थियो। अदालतले सजाय कार्यान्वयनका लागि प्रतिवादीलाई हाजिर गराउन भन्दै २०७८ फागुन १६ गते जिल्ला प्रहरी कार्यालय धनुषालाई आदेशसहित पत्राचार गरेको थियो।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more