कार्यसम्पादन समितिबाट पारित: कांग्रेस महाधिवेशन वैशाख २८–३१

पुस १८, काठमाडौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित भएको छ। केन्द्रीय कार्यसम्पादन समितिको जारी बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गरेको प्रस्ताव बहुमतले पारित भएको हो।
प्रस्ताव पारित भएको जानकारी कांग्रेस नेता डा. शशांक कोइरालाले दिएका छन्। यसअघि तय गरिएको पुस २६–२८ को महाधिवेशन कार्यतालिका विभिन्न कारणले प्रभावित भएपछि पार्टीभित्र वैकल्पिक विकल्पबारे छलफल सुरु भएको थियो।
महाधिवेशन तोकिएको समयमा हुन नसकेपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी थालेका थिए। महामन्त्रीहरू विशेष महाधिवेशनको तयारीमा जुटेपछि कार्यवाहक सभापति खड्काले नयाँ मितिसहितको प्रस्ताव केन्द्रीय कार्यसम्पादन समितिमा पेस गरेका थिए।
बैठकले उक्त प्रस्ताव पारित गरेसँगै कांग्रेसको लामो समयदेखि अन्योलमा रहेको महाधिवेशनको मिति टुंगो लागेको छ। पार्टी नेतृत्वले अब महाधिवेशन केन्द्रित संगठनात्मक तयारीलाई तीव्र बनाउने संकेत दिएको छ

  • सम्बन्धित समाचारहरु

    असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना

    Read more

    फतुवा विजयपुरमा फेरि रोकियो नगरसभा, गणपूरक संख्या नपुग्दा बैठक स्थगित

    Read more