रामायण भवन जनकपुरधामको पुनर्निर्माण/जीर्णोद्धार प्रक्रिया अघि बढ्यो, विज्ञ टोलीद्वारा स्थलगत निरीक्षण

पुस ११, जनकपुरधाम। — जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको रामायण भवनको पुनर्निर्माण वा जीर्णोद्धारका लागि प्रक्रिया अघि बढाइएको छ। गुठी संस्थानका प्रमुख प्रशासक शैलेश राज कुँवरको अगुवाइमा स्थलगत निरीक्षण सम्पन्न भएसँगै आवश्यक कार्य सम्पादनका लागि प्राविधिक तथा विज्ञ टोली गठन गरिएको छ।
गठित टोलीमा गुठी संस्थानका दुई जना प्रतिनिधि, पुरातत्व विभागका एक जना विज्ञ, पुलचोक इन्जिनियरिङ क्याम्पसका सांस्कृतिक महत्वसम्बन्धी विज्ञ तथा पूर्व प्राध्यापक एक जना, र जनकपुरधाम उपमहानगरपालिकाका एक जना विज्ञ सदस्य रहेका छन्। यसरी जम्मा पाँच सदस्यीय विज्ञ टोली गठन गरिएको हो।
टोलीले रामायण भवनको वर्तमान संरचना, ऐतिहासिक महत्व तथा संरक्षणका सम्भावनाबारे अध्ययन गर्दै पुनर्निर्माण वा जीर्णोद्धारको उपयुक्त मोडालिटी तय गर्नेछ। निकट भविष्यमा आवश्यक प्रक्रिया पूरा गरी यथाशीघ्र कार्य प्रारम्भ गरिने जनाइएको छ।
यस विषयमा जानकारी दिँदै मारवाडी सेवा समिति जनकपुरधामका अध्यक्ष निर्मल कुमार चौधरीले रामायण भवन धार्मिक, सांस्कृतिक तथा पर्यटनको दृष्टिले अत्यन्त महत्वपूर्ण सम्पदा भएकाले यसको संरक्षण र समुचित पुनःस्थापनामा सबै पक्ष गम्भीर रहेको बताए।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more