रास्वपा–उनेपाबीच एकता वा चुनावी सहकार्यका लागि निर्णायक संवादको संकेत

पुस ७,  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच पार्टी एकता वा चुनावी सहकार्यका लागि निर्णायक संवाद हुने सम्भावना बढेको छ। सहकारी ठगी मुद्दामा रिहा भएपछि रास्वपा सभापति रवि लामिछाने सक्रिय राजनीतिमा फर्किएसँगै दुवै दलबीच ‘ब्रेक थ्रु’ हुने अपेक्षा नेताहरूले व्यक्त गरेका छन्।
रास्वपाले समान विचारधारा र एजेन्डा भएका नयाँ राजनीतिक शक्तिसँग एकता वा सहकार्यका लागि ढोका खुला रहेको स्पष्ट पारेको छ। उता उनेपाका संरक्षक कुलमान घिसिङले रास्वपा सभापति लामिछानेसँग प्रत्यक्ष र निर्णायक वार्ता गर्ने जिम्मेवारी लिएको उनेपा स्रोतले जनाएको छ।

यसअघि सर्त, संरचना र नेतृत्वसम्बन्धी विषयमा सहमति नजुट्दा एकता प्रक्रिया अघि बढ्न नसकेको भए पनि पछिल्लो समय संवाद पुनः सक्रिय बनेको बताइएको छ। दुवै पक्षबीच विश्वास निर्माण र साझा एजेन्डामा छलफल तीव्र बनाउने तयारी भइरहेको जनाइएको छ।

तत्काल पार्टी एकता कठिन देखिए पनि राजनीतिक एजेन्डा र उद्देश्य मिल्ने अवस्थामा चुनावी तालमेलको सम्भावना भने कायमै रहेको संकेत दुवै दलले दिएका छन्। जेन–जी आन्दोलनको भावना र नागरिक अपेक्षालाई समेट्दै नयाँ राजनीतिक शक्तिहरूबीच सहकार्य सम्भव हुन्छ कि हुँदैन भन्ने विषय आगामी वार्ताले निर्णायक रूपमा टुंगो लगाउने भएको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more