२१ फागुनको चुनाव तलमाथि भए मुलुक अनिश्चयतिर जान्छ : राष्ट्रपति पौडेल

पुस ७, काठमाडौ ।  राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचन तलमाथि भए मुलुक अनिश्चयतिर जाने चेतावनी दिएका छन्।

सोमबार मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलसँग भएको भेटमा राष्ट्रपति पौडेलले मुलुकमा अब निर्वाचनबारे खेलवाड गर्ने अवस्था नरहेको स्पष्ट पारे। “मुलुकमा अब खेलवाड गरिरहने अवस्था छैन। २१ फागुनको चुनाव तलमाथि भयो भने देश अनिश्चयतिर जान्छ,” उनले भने, “त्यसैले २१ फागुनको चुनाव सफल पार्नु सबै नेपालीको दायित्व हो।”

राष्ट्रपति पौडेलले वर्तमान सरकारले आफूलाई प्राप्त निश्चित समय पूरा गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरेर बिदा हुने स्पष्ट धारणा पनि व्यक्त गरे।
भेटका क्रममा मानवअधिकार तथा शान्ति समाजले बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा लामो समयसम्म निर्दलीय सरकार रहिरहनु लोकतन्त्रको मूल–मान्यता र नागरिक सर्वोच्चताको विपरीत हुने धारणा राख्दै घोषित मितिमै निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएको थियो।
समाजले समयमै स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचनमार्फत जनताको जनादेश स्थापित हुनु नै लोकतान्त्रिक स्थायित्वको आधार हुने उल्लेख गरेको छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more