मंसिर १९, रकसौल। रक्सौल नजिकैबाट मानव तस्करीको प्रयासमा परेकी एक नाबालिग किशोरीको उद्धार गरिएको छ।
रक्सौल–मैत्री पुल नजिक एण्टी ह्युमन ट्राफिकिङ युनिट (AHTU), भारतीय सशस्त्र सीमा बल (SSB) र प्रयास जैक सोसाइटीको संयुक्त टोलीले बुर्का लगाइ जबरजस्ती नेपालतर्फ ल्याइँदै गरेकी किशोरीलाई उद्धार गरेको भारतीय सुरक्षातर्फका अधिकारीहरूले बताएका छन्।
उद्धारसँगै अजमुल्ला अली नामका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार आरोपितले सोसल मिडियामार्फत किशोरीलाई फसाएको, भगाई विवाह गर्ने प्रलोभन देखाएको र पछि धर्म परिवर्तनको दबाब दिँदै तस्करीको उद्देश्यले सीमा पार गराउन खोजेको आशंका गरिएको छ।
घटनास्थलमा पक्राउ परेका दुवैलाई रक्सौल प्रहरीले हिरासतमा राखी विस्तृत अनुसन्धान अघि बढाएको छ। अनुसन्धान सम्पन्न भएपछि उचित कानुनी प्रक्रिया अघि बढाइने AHTU र SSB स्रोतले जनाएको छ।
















